धनकुटा छथर जोरपाटीको पटेक डाँडा पर्यटकिय गन्तव्य बन्दै – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

धनकुटा छथर जोरपाटीको पटेक डाँडा पर्यटकिय गन्तव्य बन्दै

    मा प्रकाशित

कनिका खबर
मंसिर १८, धनकुटा
धनकुटाको छथर जोरपाटी गाउँपालिकाकामा रहेको जिल्लाकै अग्लो पटेक डाँडा यति बेला आन्तरिक पर्यटकको मुख्य पर्यटन गन्तब्य बन्दै गएको छ । समुन्द्री सतहबाट २ हजार ६ सय ५० मिटरको उचाईमा रहेको पटेक डाँडाबाट विहान सूर्योदय देखिने, उदयपुर, तेह्रथुम, पाँचथर, ईलाम लगायत १६ वटा जिल्ला देखिने, मकालु हिमाल, कुम्भकर्ण हिमाल साथै सप्तकोशी पनि देखिने भएकाले यो क्षेत्र पर्यटकको रोजाईमा पर्न थालेको छ । यो डाँडामा पुग्ने मानिसहरु कोहि सिँढीमा रमाई रहेका हुन्छन् त कोही फाटो खिच्नमा व्यस्त देखिन्छन् । पर्यटकको आवागमनलाई ध्यानमा राख्दै हालसम्म सिधुवा बजारको हलहलेबाट १ सय १८ मिटर कच्ची सडक, २ सय २७ मिटर सिँढी र ४ सय ६३ रेलिङ् निर्माण गरी सकिएको जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताउनुभयो । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर गाउँपालिकाको सिमाना सँग जोडिएको यस क्षेत्रमा विभिन्न पर्यटन पुर्वाधार निर्माणका कामहरु भईरहेको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । तेह्रथुम जिल्ला र धनकुटाका २ स्थानीय तहबाट आ–आफ्नो सिमा क्षेत्रमा पुर्वाधार विकासको काम भईरहेका छन् । हालसम्म हलहले पटेक डाँडा निर्माण तथा मर्मत सम्भारको काममा गाउँपालिकाले ७ लाख लगानी गरिसकेको र चालू आर्थिक वर्षमा कोरोना भाईरस कोभिड १९ का कारणले लगानी हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्