भारतमा कोरोना सङ्क्रमितको संख्या ९५ लाख नाघ्यो – Kanika Khabar
Sunday, July 26Nepali News Portal

भारतमा कोरोना सङ्क्रमितको संख्या ९५ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
मंसिर १८, दाङ
भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ९५ लाख नाघेको छ । भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको संखया ९५ लाख ३४ हजार ९ सय ६५ पुगेको छ । यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३८ हजार नाघेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ सय २६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसहित भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६ सय ४८ पुगेको छ । भारतमा हाल ४ लाख २२ हजार ९ सय ४३ सक्रिय सङ्क्रमित रहेका छन् भने ८९ लाख ७३ हजारभन्दा बढी कोरोना सङ्क्रमण पछि निको भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्