माइलेज पत्ता लगाउने ६ तरिका, बढी माइलेज पाउन के गर्ने ? – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

माइलेज पत्ता लगाउने ६ तरिका, बढी माइलेज पाउन के गर्ने ?

    मा प्रकाशित

सञ्जीव पछाइ 

मंसिर १९, दाङ ।

सवारी साधन किन्दा त्यसको माइलेज कति आउँछ भन्ने प्रायजसो नयाँ कार, मोटरसाइकल तथा स्कुटर किन्ने मानिसको दिमागमा आइ हाल्ने प्रश्न हो । आफ्नो सवारीसाधनले प्रतिलिटर कति माइलेज प्रदान गरिरहेको छ भन्ने प्रायः सबै चालकले विचार गर्ने गरेका हुन्छन् ।
कुनै पनि कम्पनीले सवारीसाधनको माइलेज तोक्दा निश्चित मापदण्डमा आधारित रहेर तोकेका हुन्छन् । तर, त्यही साधनलाई उपभोक्ताले प्रयोगगर्दा कम्पनीले दाबी गरे अनुसारको माइलेज भने आउँदैन । त्यसले कति ग्राहकले कम्पनीले ठगेको महशुस गरिरहेका हुन्छन् ।
अधिकांश चालकले अनुभव गरेअनुसार माइलेज कमी हुनुका कारण भिन्न हुन सक्छन् । सामान्यतया गाडी वा मोटरसाइकलले कति माइलेज प्रदान गर्छ भन्ने पत्ता लगाउन निम्न उपाय अपनाउन सकिन्छ ।
इन्धनको ट्याङ्क फूल गर्ने
कार वा मोटरसाइकलमा फूल ट्याङ्की तेल हालेर नसकिदाँसम्म चलाउने हो भने एक पटकको फुल ट्याङ्कीमा कति गुडाउन सकिन्छ भन्ने पत्ता लगाउन सकिन्छ । कतिपय समयमा इन्धन राख्ने क्रममा ट्याङ्कीमा हावा भरिएको हुन्छ । जसले गर्दा ट्याङ्की नभरिएको अवस्थामा पनि भरिएजस्तो देखिन सक्छ । त्यसैले ट्याङ्कीमा हावा भरिएको वा नभरिएको एकिन गरेर मात्रै ट्याङ्की फूल गर्नु पर्छ । त्यसपछि आफ्नो सवारीले कति माइलेज दिन्छ भन्ने थाहा पाउन सकिन्छ ।
एकै गुणस्तरको तेल
प्रायः एकै गुणस्तरको इन्धनको प्रयोग गर्दा मोटरसाइकल वा कारको माइलेजमा एकरुपता आउन सक्छ । सम्भव रहेसम्म एकै पेट्रोल पम्पको प्रयोग गरेर इन्धन हाल्दा इन्जिनमा कम समस्या आउने गर्छ ।
फरक-फरक स्टेशनको इन्धन प्रयोगले माइलेजमा मात्रै नभई सवारीसाधनको इन्जिनमा समेत समस्या आउन सक्छ ।
ओडो मिटर र ट्रीप मिटर
सही माइलेज पत्ता लगाउनको लागि ओडो मिटर र ट्रीप मिटरमाथि एउटा ट्याव राख्न सकिन्छ । ओडोमिटरले उक्त दिनसम्म कति किलोमिटर सवारीसाधन गुडाइयो, त्यसको रेकर्ड राख्ने गर्छ भने ट्रिप मिटरले आफूले कति यात्रा गरियो सो दूरीको रेकर्ड राख्ने गर्छ ।
कतिपय कारमा भने ट्रीप-ए र ट्रीप-बी नामका दुईवटा ट्रीप मिटर जडान गरिएको हुन्छ । ट्रीप-एले इन्धन भरिएको समय अवधि रेकर्ड राख्छ भने बीले यात्रा गरिएको दूरीको रेकर्ड राख्छ ।
ड्राइभिङ्ग साइकलमा ध्यान दिने
यात्रा होस् वा ट्राफिक जाम, ड्राइभिङ्ग साइकलले माइलेजलाई निकै असर पुर्याएको हुन्छ । आफ्नो कारको माइलेज पत्ता लगाउनका लागि एकै सेटको प्रयोग गर्ने प्रयास गर्नुपर्छ । सकेसम्म वैकल्पिक मार्गको प्रयोग नगरी एकै प्रकारको ड्राइभिङ्ग स्पीड तथा स्टाइललाई निरन्तरता दिने गर्नुपर्छ । यस प्रक्रियाबाट पनि आफ्नो सवारीसाधनले कति माइलेज दिन्छ थाहा पाउन सकिन्छ ।
गाडीको परीक्षण
टायरमा परेको दवाबले पनि कारको माइलेजमा निकै असर पुर्याउने गर्छ । यस्तो अवस्थामा टायर घुमाउन निकै बल लगाउनुपर्छ । टायरमा बढी प्रेसर परेसँगै माइलेज घटेर जाने गर्छ । त्यसैले फूल ट्याङ्की इन्धन राखेसँगै टायरको अवस्था परीक्षण गर्नुपर्छ । यसकासाथै, क्लच, एयर–फिल्टर र खराब तेलले पनि माइलेज घटाउने गर्छ ।
प्राविधिक सहयोग
यतिमात्रै नभई माइलेज पत्ता लगाउनका लागि प्राविधिक सहयोग लिन सकिन्छ । आफ्नो स्मार्ट फोनमा एपको प्रयोगमार्फत् इन्धन, सर्भिस सेड्यूललगायतका कुराको लगत राख्न सकिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्