सर्वोच्च अदालतमा इजलास गठन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सर्वोच्च अदालतमा इजलास गठन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ५, दाङ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश देखि सबै १९ जना न्यायाधीश संलग्न रहेको एउटै इजलाश गठन गरिएको छ । आजका लागि १९ जना न्यायाधीश रहेको पूर्ण इजलाश गठन गरिएको हो । १९ सदस्यीय पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरादेखि सबैभन्दा कनिष्ठ न्यायाधीश मनोजकुमार शर्मासम्म रहेका छन् ।

कोरोनाले मुलुकलाई दुई महिनादेखि लकडाउनमा राखेको र त्यसले मुद्दा मामिलामा परेको अप्ठेरो फुकाउनका लागि सर्वोच्च अदालतले सबै न्यायाधीश रहेको यस्तो ऐतिहासिक इजलाश गठन गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्