गोली हानी शिक्षकको हत्या, विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशङ्का – Kanika Khabar
Friday, February 14Nepali News Portal

गोली हानी शिक्षकको हत्या, विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशङ्का

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, मोरङ ।
मोरङमा गोली हानी शिक्षकको हत्या गरिएको छ । जिल्लाको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या गरिएको हो।

आज मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

३/४ जना अपरिचित व्यक्तिले घरबाट केही टाढा रहेको जङ्गलमा लगे लगत्तै उनको हत्या भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाएका छन् ।
हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको शैन्य तालिम हुँदै आएको थियो । सोही क्षेत्रबाट विप्लव समूहका दुईजना नेता केही दिनअघि पक्राउ परेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्