क्रिमसन अस्पताल सिल गरियाे – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

क्रिमसन अस्पताल सिल गरियाे

    मा प्रकाशित

जेठ ५, दाङ ।

उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ।

जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका मदानेका ४१ वर्षीय शिक्षकमा आज कोरोना संक्रमण पुष्टि भएको हो। निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका उनको प्रदेश प्रयोगशालामा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिए।

अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उनले बताए। मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आएका उनमा एक्कासी ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि उपचारका लागि क्रिमसन अस्पतालमा आएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए।

रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्