छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ – Kanika Khabar
Friday, May 3Nepali News Portal

छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ

    मा प्रकाशित

२३ मंसिर, दैलेख ।

जिल्ला प्रहरी कार्यालय दैलेखले छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा ३८ वर्षीया पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ९डिएसपी० अनुपम श्रेष्ठले ती पुरुषमाथि मुद्दा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारी दिए । उनको ठेगाना गोप्य राखिएको छ भने थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्