नेपालमा १५ हजार सङ्क्रमित हुन सक्ने : मन्त्रालय – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

नेपालमा १५ हजार सङ्क्रमित हुन सक्ने : मन्त्रालय

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ६, दाङ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा करिब १५ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विश्वको कुल जनसंख्याको ०.०५ प्रतिशतलाई कोरोना संक्रमण भएको पाइएकाले नेपालमा पनि सोही आधारमा १४ हजार आठ सय ९८ जना कोरोना संक्रमित हुन सक्ने मन्त्रालयले प्रक्षेपण गरेको हो ।

विश्व स्वास्थ्य संगठनले पनि हालको अवस्थामा कुल जनसंख्याको ०.०५ प्रतिशत संक्रमित हुन सक्ने औंल्याएको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले बताए । संक्रमितहरू समाजमै रहेकाले परीक्षणमार्फत मात्र पत्ता लाग्ने भन्दै परीक्षणको दायरालाई बढाउनुपर्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।

‘हामीले विश्वको अनुपातमा नेपालमा १४ हजार आठ सय ९८ जना संक्रमित हुन सक्ने प्रक्षेपणसहितको रिपोर्ट तयार पारेका छौं,’मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘रिपोर्ट स्वास्थ्यमन्त्रीलाई बुझाइसकेका छौं । प्रक्षेपणका आधारमा परीक्षणको दायरा बढाउने विषयमा उहाँ पनि सकारात्मक देखिनुभएको छ ।’ जनशक्ति र स्रोतसाधन नभएकाले मन्त्रालयको प्रक्षेपणअनुसार परीक्षणको दायरा बढाउन नसकेको मन्त्रालयको अधिकारीहरूको स्पष्टोक्ति छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्