कनिका डेस्क
जेठ ६, दाङ ।
पछिल्लो अध्यावधिक अनुसार नेपालमा थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ३ तथा भक्तपुरमा १, ललितपुरमा १, यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुरमा १, रामेछापकमा १, सिन्धुलीमा १, लमजुङका १ जना कपिलवुस्तका ४ र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।