कोरोनाबाट गाउँ जोगाउन महिलाहरु रातभर जाग्राम – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोनाबाट गाउँ जोगाउन महिलाहरु रातभर जाग्राम

    मा प्रकाशित


सरद सागर देबकोटा
जेठ ७ लमही ।

कोरोना भाइरसको जोखिमबाट आफ्नो गाउँलाई सुरक्षित राख्न लमही नगरपालिका ७ बनगैका गाउँलेहरु रातभर जाग्राम बस्न थालेका छन् ।

नेपालका विभिन्न भागबाट सम्राट सिमेन्ट कारखानामा सिमेन्ट लिन रातिमा मालबाहक ट्रक र टिप्परहरु आउन थालेपछि उनीहरु रातभर जाग्राम बस्ने गरेको मिना बुढाले जानकारी दिइन् । रातिमा पहरा नदिने घर धुरीलाई एक हजार रुपैया जरिमाना गर्ने निर्णय गाउँलेहरुले गरेका छन् । जताततै कोरोना भाइरसको जोखिम छ हरेक क्षेत्रमा लकडाउन छ तर लकडाउन भए पनि रातिमा गाउँमा गाडीहरु आउने क्रम नरोकिएपछि गाउँलाई जोगाउन रातिमा पहरादिन थालेको लमही नगरपालिका ७ बनगैकी बम कुमारी चौधरीले बताए । गाउका महिलाहरुले सम्राट सिमेन्ट कम्पनिमा सिमेन्ट लिन आएका करिब ७० ट्रक र टिप्परहरुलाई काराखाना नजिकबाट फिर्ता पठाएका छन् । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट कारखानामा दिनमा लकडाउनका कारण गाडीको आवतजावत नभए पनि रातिमा च्यानल मिलाएर गाडीहरु सिमेन्ट लिनका लागि आउने गरेको स्थानीयहरुले बताएका छन् । कोरोनाको जोखिम बढिरहेको बेला आफ्नो गाउँबासीलाई कोरोना संक्रमणबाट जोगाउन लकडाउनको अबधिभर गाउँलेहरुले एम्बुलेन्स, मेडिकल अक्सिजनको गाडी र अतिआवश्यक दैनिक उपभोग्य सामग्री बोकेको गाडीबाहेक अरु गाडीलाई गाउँ प्रबेश गर्न नदिने यसअघि गाउँलेहरुले निर्णय नै गरेका थिए । तर स्थानीयको निर्णयलाई बेवास्ता गर्दे रातिको समयमा ट्रक र टिप्परहरु घुईकिन थालेपछि उनीहरुले गाउँमा रातभर जाग्रम बस्नुपरेको बताएका छन् ।

करिब दुई सय घर धुरी रहेको सो गाउँमा , गाउँ जोगाउनका लागि उनीहरुले प्रत्येक घरबाट एक जना मानिस जाग्राम बस्नु पर्ने र नबसे एक हजार रुपैया जरिमाना लिने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्