कनिका संवाददाता
जेठ ७, दाङ ।
भारतले लिपुलेक क्षेत्रमाथि अतिक्रमण गरेपछि भएको विरोधपछि नेपाल सरकारले नेपालको नयाँ नक्सा बनाउने पारित गरेको थियो । अब बन्ने नयाँ नक्सामा नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिने सरकारले बताउँदै आउको थियो ।
आज बुधबार सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थामन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।
यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् ।
यस अघि लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सरकारले पास गरेको थियो