कोरोना संक्रमितवाट मृत्युभएका गुल्मीका शिक्षकको ट्राभल हिस्ट्री – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोना संक्रमितवाट मृत्युभएका गुल्मीका शिक्षकको ट्राभल हिस्ट्री

    मा प्रकाशित

कनिका डेस्क ।
जेठ ८, दाङ ।

लकडाउनका कारण गाउँमै बसिरहेका शिक्षक कोरोना संक्रमणवाट मृत्युहुदा गाउँवासी अचम्ममा परेका छन् ।

‘आफ्नो टोलबाट बाहिर कतै जानुभएन, भारततिरबाट आएकासँग पनि भेटघाट–सम्पर्क भएको थाहा भएन’ संक्रमित शिक्षकका भाइ भन्छन्, ‘दाइलाई कोरोनाले मृत्युमा पुर्यायो । हामी सवैलाई अचम्म लागेको छ ।’

रुपन्देहीकै बुटवल क्षेत्रमा सुविधा सम्पन्न अस्पतालहरु हुँदाहुँदै पनि देहातको क्रिमसन अस्पतालमै किन लगियो भन्ने प्रश्न उठेको छ । त्यो भन्दा अर्को महत्वपूर्ण प्रश्न चाहिँ उनमा कोरोना भाइरस कहाँ र कोबाट सर्‍यो भन्ने अझै पत्ता लागिसकेको छैन ।

अस्पतालमा भर्ना हुनुभन्दा एकहप्ता पहिले उनमा ज्वरो देखिएको थियो । गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा चेकजाँच गराएका जहाँ उनलाई स्वास्थ्यकर्मी विष्णु भुसालले (म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि हुन) टाइफाइडको औषधी चलाए ।

शुरुमा औषधि खाएपछि उनलाई दुई दिन जति ठीक भएको थियो । तर, बैसाख ३० गते रातिदेखि वान्ता भएपछि जेठ १ गते फेरि सोही क्लिनिकमा जाँदा जण्डिस भएको भन्दै अन्यत्र लैजान रिफर गरिएको उनी स्थानिय व्यवसायी भोजराजको मोटर साइकलवाट सन्धिखर्क स्थित छाँया पोलिक्लिनिकमा पुगे जहाँ वाट उनलाई पुनः मणिग्रामको क्रिमसन अस्पताल लैजान रिफर गरिएको थियो ।

बुटवलबाट सन्धिखर्क गएको एम्बुलेन्समा राखेर उनलाई जेठ १ गते नै क्रिमसन अस्पताल ल्याई आइसीयूमा राखेर उपचार थालिएको थियो । सन्धिखर्कबाट मणिग्रामसम्म एम्बुलेन्समा उनीसंग उनका सालासहित दुईजना र चालक थिए ।

दुई दिनसम्म आईसीयूमा राख्दा पनि स्वास्थ्यमा सुधार भएन । अस्पतालले असहज अवस्था हेर्दै भेन्टिलेटरमा सार्यो । यस अवधिमा उनि कोरोना संक्रमण संगै एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या समेत देखिएको अस्पतालले जनाएको छ ।

यसैबीच, प्रदेश ५ का सामाजिक विकास मन्त्री शुदर्शन बरालले विहीबार प्रेस विज्ञप्ति जारी गरेर कोरोना संक्रमित बिरामीको निधन भएको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्