पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो, तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएन – Kanika Khabar
Sunday, May 19Nepali News Portal

पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो, तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएन

    मा प्रकाशित

कनिका खबर
पुस ११, काठमाडौं

प्रसिद्ध धार्मिकस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ।

फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

स्थानीय राजेन्द्र महतले दिएको जानकारी अनुसार डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था छैन ।

बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको पाइएको बताउँदै महतले स्थानीय शुक्रबार थाहा पाएर प्रहरीलाई खबर गरेको बताए । अहिले हावा पनि चल्न थालेकाले झन आगो फैलिएको भन्दै स्थानीय त्रसित भएका छन् ।

पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ। यो रेडपाण्डा पाइने क्षेत्र पनि हो।

आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्