जसपाले निकालेको संसद विघटनविरुद्धकाे मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जसपाले निकालेको संसद विघटनविरुद्धकाे मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप

    मा प्रकाशित

कनिका खबर                                                                  पुस ११, काठमाडाैं                                              प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी (जसपा) ले शनिबार विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रहरी हस्तक्षेपकाबीच शनिबार जसपाले राजधानीमा मसाल जुलुस निकालेको हो । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक कदम’विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडप समेत भएको थियो ।

यसैबीच जसपाका नेता तथा कार्यकर्ताहरुले सप्तरीमा पनि वरोध प्रदर्शन गरेका छन् ।  संसद विघटनको विरोधमा स्थानीय शिवमन्दिर प्राङणबाट मसाल जुलुससहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।

मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक कदम खारेज गर’, ‘सर्वसत्तावादी मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्