ताजा जनादेशमा गएर अहिलेकाे गल्तिलाई सच्याउनुपर्छ: कमल थापाछ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

ताजा जनादेशमा गएर अहिलेकाे गल्तिलाई सच्याउनुपर्छ: कमल थापाछ

    मा प्रकाशित

कनिका खबर                                                                       पुस १२, विरगञ्ज

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ पछि मुलुकले गलत बाटो लिएको भन्दै ताजा जनादेशमा गएर त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

आइतबार वीरगञ्जमा राप्रपाले गरेको प्रदर्शनपछिको सभामा उनले भने,  ‘जनताले यो बुझ्दै आएका छन् कि धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन, विदेशीको एजेन्डा रहेछ, बाटो र नीति परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ताजा जनादेशमा जानुपर्ने छ ।’

दुई तिहाइ बहुमतनजिक मत पाएर पनि नेपाल कम्युनिष्ट पार्टीले वाचा अनुसार काम गर्न र परिवर्तनको अनुभूति दिन नसकेको भन्दै थापाले उनीहरुमा इमान्दारिता र दूरगामी सोचाइ नभएको पुस्टि भएको जिकिर गरे ।

थापाले कम्युनिष्ट र काङ्ग्रेस पार्टीका नेताहरुले जनतालाई मुठ्ठीको माखा सम्झेको पनि टिप्पणी गरे । जनतालाई लोभ, लालच र पैसामा किन्न सकिन्छ भन्ने सोच उनीहरुमा रहेको उनले बताए । ‘उनीहरुले के भन्ठानेका छन् भने जनता भनेको मुठ्ठीको माखा हो ? चुनावको बेलामा लोभ, लालच, प्रलोभन र पैसा दियो भने भोट सजिलै लिन सक्छौं भन्ने परेको छ’ उनले भने ।

२०६२/६३ को परिवर्तनपछि नेपालमा संगठित र योजनावद्ध ढंगले धर्म परिवर्तन गराइएको भन्दै थापाले सनातन धर्म समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए ।

आइतबार विरोध प्रदर्शनपछि राप्रपा पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोभिड–१९ महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्नुपर्ने लगायतका माग गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्