प्रतिनिधिसभा अाेलिले अान्तराष्ट्रिय डिजाईनमा भंग गरे : पूर्वसभामुख महरा  – Kanika Khabar
Sunday, May 19Nepali News Portal

प्रतिनिधिसभा अाेलिले अान्तराष्ट्रिय डिजाईनमा भंग गरे : पूर्वसभामुख महरा 

    मा प्रकाशित

कनिका खबर
पुस १२, दाङ
पूर्वसभामुख कृष्णबहादुर महराले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको अरोप लगाएका छन् आइतबार नेकपा प्रचण्ड–नेपाल समूहको जिल्ला पार्टी कार्यालय घोराहीमा बसेको बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य महराले राष्ट्रिय–अन्तर्राष्ट्रिय डिजाइनमा प्रधानमन्त्री ओलीले असंवैधाकिन रूपमा प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीको कदमले देशलाई थप प्रतिगमनतर्फ लैजाने हुँदा त्यसको सबैले खुलेरै विरोध गर्नुपर्नेमा महराले जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सुरूदेखि नै प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्रका पक्षधर नभए पनि गलत तरिकाले पार्टीको नेतृत्व हुँदै देशको नेतृत्वमा पुग्दा समस्या उत्पन्न भएको बताए।

‘ओलीमा पदलोलुपताबाहेक केही छैन,’ ज्ञवालीले भने, ‘त्यसका लागि उहाँले संघीयता र गणतन्त्र समेत मास्न तयार भए आश्चर्य मान्नु पर्दैन।’

कार्यक्रममा सहभागी नेकपा दाङका जिल्ला कार्यालय सदस्य सुरामणि बेलबासेका अनुसार उक्त बैठकलाई पूर्व मन्त्री रेखा शर्मा, नेता भागवत विश्वासी लगायतले सम्बोधन गरेका थिए।

ओली समूहले पार्टी कार्यालयमा तोडफोड गरेको आरोप

बैठकले ओली समूहका मानिसहरूले बिहान पार्टी कार्यालय तोडफोड गरेको भन्दै खेद व्यक्त गरेको बेलबासेले जानकारी दिए।

‘ओली समूहले मूलगेटको तालामात्रै फोडेको छैन,’ उनले भने, ‘भित्रको बैठक कक्षको ताला समेत फोडेर सामग्री लथालिंग पारेको छ।’

नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले ओली समूहमा लाग्नेहरूलाई कारबाही गर्ने निर्णय पनि गरेको छ।

‘ललिपप देखाएर गएकाहरूलाई एक पटक सम्झाउने र सम्झाउँदा पनि नमान्नेलाई अर्को बैठकदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही थाल्ने निर्णय पनि भएको छ,’ बेलबासेले भने, ‘ओली समूहले जिल्ला कमिटीको बैठक हो भनेर धेरैलाई भ्रममा पारेर जिल्ला कमिटीमा राखेको रहेछ।’

आइतबार बिहान पार्टी कार्यालयमा बसेको ओली समूहको बैठकले ३ सय जना जिल्ला कमिटी सदस्य थप गरेको थियो।

‘हामीले चाहेमा ५ हजार जिल्ला कमिटी बनाउन सक्छौं,’ बेलबासेले भने, ‘त्यसरी रातारात थपिने सदस्यहरूको के अर्थ रहन्छ ?’
उनले ७ सदस्य जिल्ला कार्यालय सदस्यमध्ये हुकुमबहादुर बस्नेतमात्रै एक्लै ओली समूहमा रहेको तथा १५४ सदस्य जिल्ला कमिटी सदस्यमध्ये ११९ जना जिल्ला कमिटी सदस्य प्रचण्ड– नेपाल समूहमा रहेको दाबी गरे।

‘हामी पक्षमा अत्यधिक बहुमत छ,’ उनले भने, ‘हामी त्यसरी रातारात कसैलाई टीका लगाउने गलत प्रचलनको विकास गर्दैनौं।’

बैठकले अन्य दलहरूसँग मिलेर संयुक्त संघर्ष समिति बनाएर ओलीको असंवैधानिक कदमविरूद्ध सशक्त संघर्ष गर्ने, पुस १४ गते जिल्लामा वृहत् प्रदर्शन र विरोध सभा गर्ने, जिल्लाका वडा तहसम्म पनि विरोध सभा गर्ने निर्णय गरेको बेलबासेले जानकारी दिए।

सोमबार पनि बैठक बस्ने उनले जानकारी दिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्