प्रदेश ५ को नीति तथा कार्यकम जेठ १०मा – Kanika Khabar
Friday, January 17Nepali News Portal

प्रदेश ५ को नीति तथा कार्यकम जेठ १०मा

    मा प्रकाशित

कनिका डेस्क
जेठ ८, दाङ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश ५ सरकारले यहि जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

आज बसेको प्रदेश ५ मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश ५ मा रहेका पहाडी जिल्लामा ५० र तराईका ६ जिल्लामा २ सय बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका तथा कोभिड १९ को लक्षण नदेखिएका बिरामी राख्ने निर्णय गरेको छ ।

आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट बजेट दिइने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय बैठकले गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्