मा प्रकाशित
कनिका संवाददाता
जेठ ९, बाँके ।
बाँकेका २१ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरु निको भएर आज घर फर्कँदै छन् । सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको पुन परीक्षण रिपोर्ट नेगेटिभ आएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
यी २१ मध्ये बाँकेमा भेटिएका पहिलो संक्रमित ६० वर्षीय पुरुष सहितका छन् । उनीहरु मध्ये नेपालगञ्ज ७ का एक पुरुष सहित वडा नम्बर ८ का २० जना रहेका छन् ।