तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग – Kanika Khabar
Friday, April 26Nepali News Portal

तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ९, काठमाडौँ ।

मधेसी समुदायलाई होच्याएको भन्दै प्रदेश दुई सरकारले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरेको छ ।

प्रदेश दुईका न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन माग गरेका हुन् । ‘यी तीन टेलिभिजन कार्यक्रमसहित केही नेपाली चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग समुदाय (मधेसी) लाई शब्द, अभिनय र संकेतमार्फत होच्याउने, अपमान गर्ने, तल देखाउने र बेइज्जत गर्ने काम भइरहेको र यस्ता कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै यस्तो माग गरिएको न्यायाधिवक्ता झाले सीआइएनसँग बताए ।

पत्रलाई नै उजुरी मानेर यस्ता कार्यक्रममा संलग्नलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न पनि न्यायधिवक्ता झाले माग गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्