स्थानीयले आफै बनाए क्वारेन्टाइन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

स्थानीयले आफै बनाए क्वारेन्टाइन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ९, दाङ ।

दाङका कतीपय स्थानहरुमा क्वारेन्टाइन निमार्णका लागि विवादका भएको खबर सार्वजनिक भइरहँदा घोराही उपमहानगरपालिका वर्डा न ५ डाँगीगाउकाँ स्थानीयवासीले भने त्यहाँ रहेको विद्यालयमा आफै क्वारेन्टाइन बनाएका छन् । बिहीबार राति भारतबाट आएका एकसयको संख्यामा स्थानीयवासीहरु आउँदै गर्दा उनीहरुका लागि क्वारेन्टाइन व्यवस्थापन गरिएको हो ।

वडाभ्यक्ष विष्णुमणि दाहालले भने, ‘‘आउने गाउँलेहरु राख्नका लागि त्यहाँ क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइननमा आउनेहरुलाई स्थानीयहरुले सम्वन्धित व्यक्तीका घरपरिवारवाट खानपिनको समेत व्यवस्था गरेका छन । वडाका सबै सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको छ । वडा कार्यालयलेले त्यहाँ म्याट र झुलको व्यस्था गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्