राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ९, दाङ । 

नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको राजनीतिक/प्रशासनिक नक्सा राष्ट्रपति, उपराष्टपति , प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्