अब नयाँ नक्सा प्रयोगमा आउने – Kanika Khabar
Friday, April 26Nepali News Portal

अब नयाँ नक्सा प्रयोगमा आउने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएसँगै राजनीतिक तथा प्रशासनिक रूपमा यसको प्रयोग सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो । सरकारले यही जेठ ४ गते मन्त्रिपरिषद्बाट निर्णय गरी ७ गते सार्वजनिक गरेको हो । यो नक्सामा भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ ।

नेपालले आफै बनाएको नक्सामा पहिलो पटक लिम्पियाधुरासहित अन्तर्राष्ट्रिय सीमानासहितको यो नक्सा प्रकाशित भएको हो । यो नक्सामा भारतले लामो समयदेखि अतिक्रमण गरेको गुन्जी, कुटी र नाभीसमेत समेटिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्