मा प्रकाशित
कनिका संवाददाता
जेठ १०, दाङ ।
पछिल्लो अध्यावधिक अनुसार शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
सर्लाहीका १३ जना , कपिलवस्तुका ८ जना, रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका हुन् ।