कोरोना सङ्क्रमित सञ्चारकर्मीकी श्रीमतीमा पनि सङ्क्रमण – Kanika Khabar
Thursday, March 20Nepali News Portal

कोरोना सङ्क्रमित सञ्चारकर्मीकी श्रीमतीमा पनि सङ्क्रमण

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

कोरोना सङ्क्रमित बाराका सञ्चारकर्मीकी श्रीमतीमा पनि कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेका संक्रमितमध्ये करैयामाई गाउँपालिकाकी ३७ वर्षिया महिला गत जेठ चार गते सङ्क्रमण पुष्टि भएका पत्रकारकी श्रीमती रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

श्रीमान श्रीमती नै सङ्क्रमित भए पनि उनीहरुका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको अर्थात उनीहरुमा कोरोना नपाइएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमित महिलालाई कलैया अस्पतालको आईसोलेसनमा राखि उपचार थालिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्