ट्रम्पले भने मलेरियाको औषधिले मृत्युको जोखिम बढाउछ – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

ट्रम्पले भने मलेरियाको औषधिले मृत्युको जोखिम बढाउछ

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिम कम गर्न भन्दै सिफारिस गरेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ । विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययन अनुसार हाइड्रोक्सी क्लोरो क्विन नामक औषधि खाँदा कोरोना सङ्क्रमितलाई उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो ।

चिकित्सकले यो औषधि नखान चेतावनी दिए पनि कोरोनाको जोखिम नियन्त्रणमा हाइड्रोक्सी क्लोरो क्विन उपयोगी हुने दाबी गर्दै ट्रम्पले आफैले औषधि खाइरहेको खुलासा गर्नुभएको थियो । बैज्ञानिकहरुका अनुसार हाइड्रोक्सी क्लोरो क्विन औषधि मलेरियाका बिरामीका लागि उपयोगी छ भने लुपुसका केही समस्यामा पनि लाभदायक रहेको छ । तर कोरोना सङ्क्रमितका लागि यो औषधिले फाइदा पु¥याउने कुनै अनुसन्धानले देखाएको छैन ।

लान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा कोरोना सङ्क्रमितलाई मलेरियाको औषधिबाट फाइदा नभएको बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइएको उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्