सामाजिक सुरक्षा भत्ता नरोक : मानव अधिकार आयोग – Kanika Khabar
Friday, April 26Nepali News Portal

सामाजिक सुरक्षा भत्ता नरोक : मानव अधिकार आयोग

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ११, दाङ ।
राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह गरेको छ । कोरोना महामारीको समयमा नेपाल सरकारबाट ६० वर्षमुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको भन्ने सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गरी सामाजिक सुरक्षाअन्तर्गतको कार्यक्रमले समुदायमा आर्थिक र सामाजिक रूपमा सकारात्मक प्रभाव पार्नुका साथै उनीहरूमाथि हुने विभेदजन्य व्यवहार तथा हिंसामा केही कमी हुने बताएको छ । विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोकी त्यसलाई सुचारु गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्