जेसिबीका कर्मचारीबाट खाद्यान्न सहयोग – Kanika Khabar
Monday, March 27Nepali News Portal

जेसिबीका कर्मचारीबाट खाद्यान्न सहयोग

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ११, दाङ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित पद्मोदय क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई जेसिबि दाङ शाखामा कार्यरत कर्मचारीहरुले खाद्यान्न सहयोग गरेका छन् । शाखामा कार्यरत राजेन्द्र गौतम, कुलराज पोख्रेल, पंकज न्यौपाने,श्रवण अधिकारी , अविष पौडेल, जीतेन्द्र राय यादव, सुरज पाण्डे र राम कार्कीले व्यक्तिगत लगानीमा खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले चामल, दाल, नुन , तेल , सोयाबिन,तरकारी मसला सहयोग गरेका हुन् । क्वारेन्टाईनमा बसेका नागरिकहरुको खानपानमा सहजता ल्याउनका लागि राहत सामग्री उपलब्ध गराईएको उनीहरुले बताएका छन् ।

‘अहिले भारतका विभिन्न स्थानबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्नु भएको छ,’ शाखाका लोजिष्टिक कुलराज पोख्रेलले भने ‘उहाँहरुको खानपानमा सहजता होओस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ ।’ उनले संकटको विषम परिस्थितिमा मानवीय सेवाको धर्म निर्वाह गरेकाे पनि बताए । ‘यो विषम परिस्थितिमा मानवीय सेवा भाव प्रकट गरेका छौँ,’ पोख्रेलले भने ‘घोराही १५ स्थित क्वारेन्टाइनबाट गरिएको सहयोगको यो अभियान अन्य वडाहरुमा पनि बिस्तार गर्दै जाने छौँ ।’ उनीहरुले घोराही १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । ‘क्वारेन्टाईनममा बसेका नागरिकहरुलाई खाद्यान्नमा समस्या नहोओस् , उहाँहरुको क्वारेन्टाईन बसाई सहज बनोस् भन्ने हेतुले हामी शाखामा कार्यरत साथीहरु मिलेर सहयोग गर्ने निधो गर्यौँ,’जेसिबि दाङ शाखा अन्तर्गत एमएडब्लु ईन्भेष्टमेन्टका कर्जा अधिकृत पंकज न्यौपानले भने ‘हामीहरुले ब्यक्तिगत रुपमा रकम उठाएर सहयोग गरेका हौँ ।’ साथै उनले क्वारेन्टाईनमा बसेका नागरिकहरुलाई अन्य नागरिकहरुले पनि सानै भए पनि सहयोग गर्ने वातावरण निर्माण होओस् भन्ने उदेश्य पनि आफूहरुको रहेको बताए ।

शाखामा कार्यरत कर्मचारीहरुले गरेको सहयोगको प्रशंशा गर्दै वडा अध्यक्ष पाण्डेले उनीहरुको सहयोगका लागि धन्यवाद दिए । अहिले पद्मोदय क्वारेन्टाइनमा भारतबाट आएका १५ जना बस्दै आएका छन् । क्वारेन्टाइनमा अहिले पनि भारतबाट आउने क्रम बढिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्