ट्रमकाे गलत सुझावले अमेरिकामा काेराेनाकाे महामारी फैलियाे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ट्रमकाे गलत सुझावले अमेरिकामा काेराेनाकाे महामारी फैलियाे

    मा प्रकाशित

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रणको लागि सुझाव दिएको औषधीको कारण अमेरिकामा कोरोना महामारी बढेको एउटा अध्ययनले पुष्टि गरेको छ । ट्रम्पले मलेरियाविरुद्ध प्रयोग गरिने हाइड्रोक्सि क्लोरोक्वीन औषधीले कोरोना निको हुने भन्दै सर्वसाधारणलाई उपयोग गर्न आव्हान गरेका थिए । गार्जियनका अनुसार अनुसन्धानकर्ताहरुले विभिन्न ६७१ अस्पतालका ९६ हजार बिरामीमा अध्ययन गरेका थिए ।

त्यसक्रममा हाइड्रोक्सिक्लोरोक्वीन औषधिले कोराना नियन्त्रणमा कुनै भूमिका नखेल्ने बरु यसको गलत तरिकाले प्रयोग गर्ने क्रम बढिरहेकोले महामारी थप बढिरहेको पुष्टि भएको थियो । अध्ययनको क्रममा बिरामीलाई विभिन्न समूह बनाई गरिएको थियो । त्यसक्रममा उक्त औषधी नदिइएका बिरामीको मृत्युदर औषधी दिइएका बिरामीको भन्दा कम देखिएको हो । कुनै एक औषधी दिइएका हरेक ६ जनामध्ये १ जनाको ज्यान गएको छ । त्यस्तै क्लोरोक्वीन र एन्टीबायोटिक औषधी लिने हरेक ५ जनामध्ये १ जनाको ज्यान गएको छ । त्यस्तै हाइड्रोक्सि क्लारोक्वीन र दुवै एन्टीबायोटिक प्रयोग गर्ने हरेक चारमध्ये १ जनाको मृत्यु भएको छ । यसैगरी कुनै औषधी प्रयोग नगरेका हरेक ११ मध्ये १ जनाको ज्यान गएको उक्त अध्ययनले देखाएको छ । फ्रान्सका एक चिकित्सकले आफूले बिरामीलाई हाइड्रोक्सि क्लारोक्वीन औषधी प्रयोग गरिरहेको र त्यसबाट बिरामीलाई ठीक भएको दावि गरे लगत्तै ट्रम्पले पनि त्यो औषधि प्रयोग गर्न आव्हान गरेका थिए । त्यस लगत्तै संसारभर यसको प्रयोग तीव्र भएको थियो । तर, त्यसले कोरोना नियन्त्रणमा कुनै भूमिका नखेलेको बरु गलत प्रयोगले कोरोना फैलिएको दावि अनुसन्धानकर्ताहरुले गरेका छन् ।

द गार्जियनका अनुसार अहिलेसम्म हाइड्रोक्सि क्लारोक्वीन कुनै पनि परीक्षणबिना नै विश्वका धेरै देशमा प्रयोग गरिएको छ । पछिल्लो पटक आएको यो अनुसन्धान प्रतिवेदन पछि वैज्ञानिकहरूले अब कोरोनाका बिरामीलाई अनुसन्धानका लागि बाहेक यो औषधी दिन नहुने बताउन थालेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्