थप १९ जना सहित काेराेणा संक्रमितकाे संख्या ६०३ पुग्याे, ८७ जना काेराेना जितेर घर फर्के – Kanika Khabar
Friday, April 19Nepali News Portal

थप १९ जना सहित काेराेणा संक्रमितकाे संख्या ६०३ पुग्याे, ८७ जना काेराेना जितेर घर फर्के

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ११, दाङ ।

थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बारा, पर्सा, रौतहट, माेरङ, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बारदशी २ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनायकाे छ ।

यसैगरी  नुवाकोटको ककनीका ३९ वर्षीय पुरुषमा र काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २३, ३३ र ४० वर्षीय ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कपिलबस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषका साथै गुल्मीका ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ भने हालसम्म ८७ जनाले कोरोना जितेका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्