जन्मदिनको अवसरमा निशुल्क शैक्षिक सामग्री वितरण – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जन्मदिनको अवसरमा निशुल्क शैक्षिक सामग्री वितरण

    मा प्रकाशित

कमल सापकाेटा

माघ १९, दाङ ।


तुलसीपुर जेसिज वर्ष २०२१ का डाइनामिक अध्यक्ष, शान्तिदिप इङलिस बोर्डिङ स्कुलका संचालक तथा भाइस प्रिन्सिपल, ग्रेट अरनिको स्कुलका प्रोग्राम डाइरेक्टर, नेपाली काङ्ग्रेस पार्टी दाङ जिल्ला कार्यसमिति सदस्य, बिज्ञान शिक्षक समाज तुलसीपुर  दाङका अध्यक्ष, हाम्रो गार्मेन्ट उद्योगका महासचिव, भट्टराई समाज दाङका अध्यक्ष, हामी युवाहरुका प्रेरणाका स्रोत, अत्यन्त मिलनशार, सहयोगि नारायण भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तुल्सिपुर-५ स्थित जनश्रम प्रा.बि. गैरापातुका अति बिपन्न ३५ जना बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री र बिद्यालयलाई विभिन्न खेलकुदका सामाग्री एक कार्यक्रमआयोजना गरि हस्तान्तरण गरेका छन। हरेक बर्षका जन्मदिनमा बिशेष सामाजिक काम गर्दै आयका भट्टराईले उक्त बिद्यालयका बिपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगोस् तथा खेलकुद मार्फत बिद्यार्थीहरुको प्रतिभा प्रस्पुटन होस भनेर सहयोग गरेको बताय। आगामी दिनमा पनि उक्त बिद्यालयको शैक्षिक स्त्तर माथि उठाउन विशेष भुमिका खेल्ने प्रतिबद्धता पनि गरेका छन । बिद्यालय कि प्र.अ. शुशिला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुल्सिपुरनगर जेसिजका पुर्ब अध्यक्षहरु जेसि मेघराज घिमिरे, जेसि दिपेस भण्डारी , जेसि बिमल कुमार पौडेलले सुभकामना दिनुभएको थियो कार्यक्रमको सहजीकरण बोर्ड सल्लाहकार तथा शिक्षक एकराज भण्डारीले गर्नुभएको थियो ।तुलसीपुरनगर जेसिज बर्ष २०२१ का डाइनामिक अध्यक्ष नारायण भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तुलसीपुर ५ स्थित जनश्रम प्रा.बि. गैरापातुका अति बिपन्न ३५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र बिद्यालयलाई विभिन्न खेलकुदका सामग्री एक कार्यक्रमआयोजना गरी हस्तान्तरण गरेका छन।
हरेक वर्षकाे जन्मदिनमा विशेष सामाजिक काम गर्दै आयका भट्टराईले उक्त बिद्यालयका बिपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगोस् तथा खेलकुद मार्फत बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन होस भनेर सहयोग गरेको बताए। आगामी दिनमा पनि उक्त बिद्यालयको शैक्षिकस्त्तर माथि उठाउन विशेष भुमिका खेल्ने प्रतिबद्धता पनि गरेका छन ।
भट्टराई शान्तिदिप इङलिस बोर्डिङ स्कुलका संचालक तथा भाइस प्रिन्सिपल, ग्रेट अरनिको स्कुलका प्रोग्राम डाइरेक्टर, नेपाली काङ्ग्रेस पार्टी दाङ जिल्ला कार्यसमिति सदस्य, बिज्ञान शिक्षक समाज तुल्सिपुर दाङका अध्यक्ष, हाम्रो गार्मेन्ट उद्योगका महासचिव, भट्टराई समाज दाङका अध्यक्ष समेत हुन् ।
बिद्यालयकी प्र.अ. शुशिला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पुर्ब अध्यक्षहरु जेसि मेघराज घिमिरे, जेसी दिपेस भण्डारी , जेसी बिमल कुमार पौडेलले शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण बोर्ड सल्लाहकार तथा शिक्षक एकराज भण्डारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्