कनिका खबर
माघ १९, काठमाडाैँ ।
नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। राति १० बजेपछि सेनाका १० वटा गाडी हतियारजडित गाडी सडकमा निस्किएका थिए। काठमाडाैंको सीतापाइलाबाट यी गाडीहरू निस्किएका हुन्।
सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित सैन्यअभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको जनाइसकेका छन्।
पहिला पनि काठमाडाैंको चोभारबाट सीतापाइलासम्म साताको दुई दिन बिहान ट्राफिक जाम नभएको बेला अभ्यास गरिने गरेको पाैडेलले जानकारी दिए।


