नेकपा अध्यक्ष प्रचण्ड विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने – Kanika Khabar
Friday, October 23Nepali News Portal

नेकपा अध्यक्ष प्रचण्ड विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने भएको छ । नेपाल ल क्याम्पसमा अध्यय्नरत समीर हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गर्नुभएको थियो । प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उहाँले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गर्नुभएको हो । निवेदक हायूले निवेदनमा अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा प्रचण्डले सो विपरीत काम गरेको र कानुनतः दण्डनीय रहेको जिकिर गर्नुुभएको छ । धम्कीपूर्ण भाषा प्रयोग गर्दै प्रचण्डले अदालतलाई गम्भीर रूपमा त्रसित पार्ने, प्रभावित पार्ने, जनतालाई अदालतको काम कारबाहीसँगै स्वच्छताको विषयमा गम्भीर भ्रम सृजना गर्ने कार्य गरेको र यो कार्य संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरीत रहेको निवेदक हायूको तर्क छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्