बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १२, दाङ ।

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले हिजो राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ ।

तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् । विरामीलाई नेपालगञ्ज ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा गर्नु परेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्