संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर – Kanika Khabar
Friday, October 16Nepali News Portal

संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

    मा प्रकाशित

माघ २०, काठमाडौँ ।
संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ भन्ने रिट सर्वोच्च अदालतमा पेश गर्नुभएको हो ।

निवेदक त्रिपाठीले रिटमा प्रतिषेध,उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्नुभएको छ । रिटमा राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाइएको छ ।

निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्