जखेरा तालमा बृक्षारोपण र सरसफाई – Kanika Khabar
Thursday, October 22Nepali News Portal

जखेरा तालमा बृक्षारोपण र सरसफाई

    मा प्रकाशित

सरद सागर देबकोटा
दाङ २०, माघ ।

पानी र सिमसार मानिस जिउने आधार भन्ने नारा सहित डिभिजन बन कार्यालय देउखुरीले आज सिमसार क्षेत्र लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिमसार दिबस बृक्षारोपण र सरसफाई गरी मनाएको छ ।
डिभिजन बन कार्यालय देउखुरीका निमित्त प्रमुख प्रेमिलाल प्रसाद शाहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह र सामुदायिक बन उपभोक्ता महासघ देउखुरी क्षेत्रका क्षेत्रिय अध्यक्ष हरि भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा सिमसार क्षेत्र परिसर नजिकै बिभिन्न जातका बिरुवा लगाईनुका साथै सर सफाई पनि गरिएको थियो ।
सो अबसरमा बोलने बक्ताहरुले बन बन्यजन्तुको संरक्ष्ण जलचर प्राणि सहित समग्र प्राणीको जीवन रक्षाको लागी सिमरास क्षेत्रको संरक्ष्ण र बिकाश हुन आबश्यक रहेको कुरामा जोडि दिनुभएको थियो । सो अबसरमा लमही नगरपालिका वडा नम्बर ३का वडा अध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्ष्ण र प्रर्बदन नहुदा भएका सिमसार हरु मासिने खतरा रहेकोले त्यसको संरक्ष्णमा ध्यान दिन आबश्यक रहेको बताउनुभयो । त्यसैगरी सामुदायिक बन उपभोक्ता महासघका क्षेत्रिय अध्यक्ष हरि भुसालले बन बन्य जन्तु सरक्षण र प्रर्बदनको लागी सिमसारको खाचो हुने भएकोले त्यसको संरक्ष्ण र बिकाशमा लाग्न जरुरी रहेको बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरी हरु प्रतिदिन मासिदै र नासिदै जादा जलिए जैबिक बिबिधताहरुको लोप हुने खतरा बढेकोले त्यसको संरक्ष्णमा सबैले ध्यान दिन आवश्यक छ ।
कार्यक्रममा जखेरा ताल धार्मिक तथा र्पयटकीय विकास समितिका महासचिव लोकमणि मन्जाडे लगायतले बोल्नुभएको थियो। कर्यक्रमको सचालन डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत राम गोपाल चौधरीले गर्नुभएको थियो । नेपालको कुल जमिनको ५ प्रतिशत क्षेत्र सिमसारले ओगटेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्