आज इद, राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज इद, राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १२, दाङ ।

रमदान रमजान महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इद उल फित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्ल पक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना अर्थात धर्माधिकारीले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गर्नुभएको छ ।

यसैबीच, इदको शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वलाई सम्पूर्ण नेपालीको मौलिक पुँजी भन्नुभएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको उल्लेख गर्नुभएको छ । बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रूपमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ । यस्तै शुभकामना दिदै सभामुख अग्नि प्रसाद सापकोटाले पनि यो बर्ष कोरोना भाइरस कोभिड–१९ का कारण अप्ठ्यारो स्थिति सृजना भएको स्थितिलाई मध्यनजर गरी घरमै बसेर इद मनाउने निर्णय भएकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्