शान्ति सुरक्षामा खलल नपुर्‍याऊ : गृह मन्त्रालय – Kanika Khabar
Sunday, October 18Nepali News Portal

शान्ति सुरक्षामा खलल नपुर्‍याऊ : गृह मन्त्रालय

    मा प्रकाशित

माघ २२, काठमाडौँ ।
गृह मन्त्रालयले नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ ।

विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले आज गरेको आमहड्तालपछि गृहले सूचना जारी गरेको छ । गृह मन्त्रालयले हिजो साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने पनि मन्त्रालयले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्