एउटा युग बुझ्न व्यवस्था बुझ्नुपर्छ – Kanika Khabar
Saturday, February 27Nepali News Portal

एउटा युग बुझ्न व्यवस्था बुझ्नुपर्छ


    मा प्रकाशित

एज्रा क्लेन

लाखौँ मिडिया सिद्धान्तवादीहरूले केही दशकअघिसम्म, अझ भनौँ, केही शताब्दीअघिसम्म हामी सूचनाको अभावमा बाँचिरहेका छौँ भन्थे । त्यो समस्या मानव इतिहासकै समस्या थियो । सूचनाको अभाव विगतको समस्या थियो भने अत्यधिक सूचना वर्तमान समयको समस्या हो ।

हामीले अहिले धेरै कुरा थाहा पाइरहेका छौँ, जुन हाम्रा लागि हानिकारक छ । यस्तो समयमा हल्लामाझ आवश्यक सूचनामा पहुँच राख्न सक्ने मानिसको मात्रै हामीले अनुशरण गर्नुपर्छ । विगत हेर्दा हल्लामाझ सही सूचना पत्ता लगाउन सक्ने मामिलामा जेनेप तुफैसीको ‘ट्र्याक रेर्कड’ अरूको भन्दा राम्रो छ ।

अगस्ट प्रोफाइलमा मेरो एउटा साथी बेन स्मिथले लेखेका थिए जेनेपले ‘ठूला एवं महत्वपूर्ण विषयमा आफूलाई सही सावित गर्ने बानी नै विकास गरेकी छन् ।’ उनले कोरोना भाइरस सम्बन्धी चेतावनी पहिला नै स्पष्टरूपमा दिएकी थिइन् ।

उनले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा आवश्यकता अनुसारको सावधानी नअपनाइएको भन्दै मास्क प्रयोगमा लापरबाही गरिएको आरोप लगाएकी थिइन् । कोरोना भाइरसका विषयमा मुखर हुनुअघि उनी सामाजिक सञ्जालका अफवाका विषयमा मुखर थिइन् । ट्रम्प प्रशासनमा अमेरिकामा बढ्दै गएको तानाशाही प्रवृत्तितर्फ इंगित गर्दै उनले सामाजिक सञ्जालले राजनीतिमा नै परिवर्तन ल्याएको बताएकी थिइन् ।

नर्थ क्यारोलिना विश्वविद्यालयमा समाजशास्त्र अध्यापन गर्ने, द एट्लान्टिक र द न्यूर्योक टाइम्सको विचार पृष्ठमा लेख्ने तुफैसीलाई मैले ‘एज्रा क्लेन शो’ (न्यूयोर्कबाट प्रशारण हुने पोडकास्ट कार्यक्रम) मा आउन अनुरोध गरेँ । मेरो उद्देश्य उनलाई उक्त कार्यक्रममा उनको सोचाइ प्रक्रिया र त्यसबाट हामीले सिक्न सक्ने कुरा सोध्ने थियो ।

तुफैसी आफूलाई ‘व्यवस्था विचारक’ भएको बताउँछिन् । कुनै व्यवस्था कसरी सञ्चालन हुन्छ र त्यसले सोही व्यवस्थाका अन्य अङ्गसँग कसरी व्यवहार गर्छ भन्ने कुरा आफूले खोज्ने गरेको उनी बताउँछिन् ।

तानाशाही व्यवस्थाका विषयमा अध्ययन गर्न उनी भन्छिन्, ‘त्यो व्यवस्थाले के भन्छ र के गर्छ भन्ने पत्ता लगाउनुपर्छ । यस्तो पत्ता लगाउनु व्यवस्था अध्ययनका लागि अति आवश्यक हुन्छ ।’ गत वर्ष जब वुहानमा कोरोना भाइरस देखियो, चीन सरकारले वुहान शहर लकडाउन गर्ने निर्णय गर्‍यो । उनले त्यसलाई गम्भीररूपमा लिइन् ।

‘यदि चीनजस्तो देशले एक करोड १० लाख जनसंख्या भएको वुहान शहर बन्द गर्ने निर्णय गर्छ भने’, उनी भन्छिन्, ‘त्यो महत्वपूर्ण घटना हो ।’ त्यतिबेला खतरनाक भाइरसको संक्रमण दर बढ्दै थियो । त्यसबखत पनि अमेरिकाका केही स्वास्थ्य विज्ञहरू लकडाउन गर्नु गलत हो भन्दै थिए । यद्यपि, तुफैसीलाई तानाशाही सरकारले बाँकी विश्वसँग खास आन्तरिक समस्या लुकाउँछ भन्ने थाहा थियो ।

आपतकालीन अवस्थाले मात्रै वास्तविक सन्देश सार्वजनिक गर्न बाध्य पार्छ । एउटा सिद्धान्त छजसलाई लाजको सिद्धान्त भनिन्छभनिएको कुरा साह्रै लज्जास्पद छ भने भन्ने मान्छेले साँचो बोलेको हुनसक्छ’ भन्ने सिद्धान्तको मान्यता छ ।

आपतकालीन अवस्थाले मात्रै उनीहरूलाई वास्तविक सन्देश सार्वजनिक गर्न बाध्य पार्छ । ‘एउटा सिद्धान्त छ जसलाई लाजको सिद्धान्त भनिन्छ, यदि भनिएको कुरा साह्रै लज्जास्पद छ भने भन्ने मान्छेले साँचो बोलेको हुनसक्छ’ भन्ने सिद्धान्तको मान्यता छ ।

सामाजिक सञ्जालमा आएको सामग्री विश्वास गर्नुअघि चनाखो हुन सक्ने अन्य उपाय पनि तुफैसीले बताएकी छन् ।

आफ्नो विचारमा ध्यान

एन्टोनी फाउची जस्ता जनस्वास्थ्य विज्ञहरू, जो अहिले प्रशंसित छन्, सुरुवाती चरणमा उनी मास्क लगाउने र यात्रा प्रतिबन्ध गर्ने कुरामा खासै सहमत थिएनन् ।

उनीजस्तो विज्ञलाई सुन्दा मिडियाले पनि आम मानिसको स्वास्थ्यमा प्रभाव पार्ने विषयमा राम्रो रिपोर्टिङ गर्न चुक्यो । तुफैसीले यस्ता विषयलाई चुनौती दिन खोज्दा अनुभवका तथ्यांकले भन्दा पनि सामाजिक सञ्जालमा आएका सामग्रीले विज्ञलाई प्रभाव पारेको उनले पाइन् ।

‘निर्णय गर्नुअघि विभिन्न संस्थामा काम गर्ने कर्मचारीले अर्कोले के गर्छ भनेर ध्यान दिएको पाइयो,’ तुफैसी भन्छिन् । यसले हाम्रो समस्या सामाजिक बनोटमा नै रहेको पाइन्छ । ‘सबैलाई अर्कोले के गर्छ भन्ने विषयमा चिन्ता छ’, उनी भन्छिन्, ‘यस्तो प्रवृत्तिले मुश्किलको समयमा झनै समस्या हुन्छ ।’

गुणक हिसाबको सोच

गुणन गर्दाको असजिलो भनेको सुरुवाती अंक सम्झन सकिने भएपछि जसै गुणन बढ्दै जान्छ अंक त्यही रूपमा बढ्छ । यसले गर्दा पछिल्लो अंक सम्झनै मुश्किल पर्छ । संक्रामक रोग पनि यस्तै खालको विषाद हो ।

‘मेरो अनुसन्धानको खास क्षेत्र सामाजिक सञ्जाल हो,’ तुफैसी भन्छिन्, ‘यो यस्तो क्षेत्र हो जहाँ गणितको ज्ञान पनि काम लाग्छ ।त्यसैले सिलिकन भ्यालीमा काम गर्ने मानिसले भाइरसको खतराका विषयमा छिट्टै थाहा पाए । ठूला कम्पनीका कामदारलाई गुणक असरका विषयमा ज्ञान दिएको हुन्छ जसले गर्दा उनीहरूले भाइरसको फौलावटका विषयमा पहिले नै अनुमान गर्न सके ।’

जनसंख्या र व्यक्ति

तुफैसी भन्छिन्, ‘चिकित्साशास्त्रमा हामी सार्वजनिक स्वास्थ्य र ठूलो जनसंख्याका हिसाबमा भन्दा व्यक्तिलाई कस्तो प्रभाव पर्छ भन्ने मात्रै सोच्छौँ ।

यदि हामीले ठूलो जनसंख्याका विषयमा सोच्ने हो भने त्यसको प्रभाव पनि ठूलै हुन्छ । उदाहरणका लागि, फल्स पोजेटिभ चिकित्सकलाई प्रभावकारी उपचार विधि हुनसक्छ । यदि यो परीक्षण सस्तो दरमा बारम्बार घरमा नै गर्न सकियो भने लाभदायक हुने थियो । जसले गर्दा ठूलो संख्याका मानिसले आफू संक्रमित भए नभएको घरमा नै पत्ता लगाउन सक्ने थिए । त्यसैले चिकित्साशास्त्रले व्यक्तिगत प्रभावमा भन्दा सामूहिक प्रभावका विषयमा सोच्नुपर्ने उनी बताउँछिन् ।

यस्तै तुफैसीले अमेरिकाको रिपब्लिकन पार्टी गएको निर्वाचनमा किन पराजित भयो भन्ने कुरा पनि बताएकी छन् । भ्याक्सिनका विषयमा मिडियामा आएका समाचार निराशाजनक भएको आरोप लगाएकी छन् ।

(पत्रकार एज्रा क्लेन एज्रा क्लेन शो’ नामक पोडकास्ट कार्यक्रमका सञ्चालक हुन् । द न्यूर्योक टाइम्समा फेब्रुअरी २२०२१ मा प्रकाशित उनको पोडकास्ट  पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्