बन्दले जनजीवन प्रभावित : दजनौँ नेता कार्यकर्ता पक्राउ – Kanika Khabar
Sunday, October 18Nepali News Portal

बन्दले जनजीवन प्रभावित : दजनौँ नेता कार्यकर्ता पक्राउ

    मा प्रकाशित

कनिका खबर
माघ २२, दाङ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले गरेको बन्दका कारण आज बिहीबार दाङ लगायत देशभरको जनजीवन प्रभावित भएको छ । दाहाल नेपाल समूहको बन्दका कारण सवारी आवागमन निकै पातलो देखिएको छ । लामो दूरीका गाडी ठप्प प्रायः रहेका छन् भने छोटो दूरीका यातायातको आवागमन निकै पातलो देखिएको छ ।

आमहड्तालको प्रभाव दाङ र त्यस आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ । जिल्लाका प्रमुख बजार घोराही, लमही, तुलसीपुर पनि बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन्।

दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जबरजस्ती बन्द गराउन नपाइने भन्दै यदि त्यस्तो गरेमा प्रहरीले कानुन बमोजिम कारबाही गर्ने चेतावानी दिएका थिए ।

आमहड्तालको पूर्वसन्ध्यामा बुधबार बेलुका प्रचण्ड– नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस प्रर्दशन गरेको थियो । उक्त समूहका जिल्लास्थित नेता टीकाराम खड्का, सुबास पुनले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए।

नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्रै ८० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।

गृहमन्त्रालयले पूर्ववतरूपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ ।

मन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड,
सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै दाहाल(नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्