ओलीको आन्दोलन पञ्च र्‍याली : प्रचण्ड – Kanika Khabar
Sunday, October 25Nepali News Portal

ओलीको आन्दोलन पञ्च र्‍याली : प्रचण्ड

    मा प्रकाशित

कनिका खबर
माघ २२, काठमाडौँ ।
नेकपा दाहाल—नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आन्दोलनलाई पञ्च र्‍यालीको संज्ञा दिएका छन् । सरकार नै सडकमा उत्रिएको कँही कतै नदेखिएको टिप्पणी गर्दै दहालले भने, ‘हामीले गरेको जनआन्दोलन हो र ओलीले गरेको पञ्च र्‍याली हो ।
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा भएको आमहड्तालमा सहभागी भएका दाहालले कोटेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै फागुन पहिलो साताबाट संयुक्त आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

उनले भने, ‘फागुन पहिलो साताबाट हुने संयुक्त आन्दोलनले लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्ने छ ।’

‘ संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजसँग लगभग कुरा मिलेको संकेत गरेका दाहालले भने, ‘हामी सम्भवत फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन गर्छौँ र यसले केपीलाई बढार्छ ।’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्