कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज र २ जनाको मृत्यु – Kanika Khabar
Friday, October 23Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज र २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
माघ २२, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख७१ हजार ६ सय२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७७ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप२ सय २७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ६७ हजार २ सय ९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमण मुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २ हजार ३३ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्