राजपुरमा कार्यपालिका सदस्यले नै गरे गाउँपालिका अध्यक्ष केसीको पुत्ला दहन – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राजपुरमा कार्यपालिका सदस्यले नै गरे गाउँपालिका अध्यक्ष केसीको पुत्ला दहन

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २२ माघ ।
दाङको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको गाउँपालिका परिषद् भित्र पुत्ला दहन गरेका छन् । यथाशक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाले माग पूरा नगरी व्यवस्ता गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको नेतृत्वमा एक्काइस जना कार्यपालिका सदस्यहरूले अध्यक्ष केसीको पुत्ला दहन गरेका हुन् ।

बारम्बार आग्रह गर्दा पनि कार्यपालिकाको बैठक नबोलाई जनताको काम नगरेर बन्धक बनाएको आरोप लगाउँदै गाउँपालिकामा बिहीबार गाउँपालिका परिषद् भित्र अध्यक्ष केसीको पुत्ला दहन गरिएको गाउँपालिका प्रवक्ता श्याम रोकाले जानकारी दिनुभयो । एक हप्ता अघि मात्रै वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा आफ्ना माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएको थियो ।

ज्ञापनापत्रमा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुको उपभोक्ताले भुक्तानी नपाएको, साधरण मावि गंगदीमा गठन गरिएको विद्यालय व्यवस्थान समितिलाई गाउँपालिका आधिकारिता प्रर्दान नगरिएको, गाउँपालिकाबाट नदीजन्य पदार्थ मापदण्ड भन्दा दोब्बर उठान गर्दा पनि निगरानी नवढाई राजश्व गुमाएको, गाउँपालिकाको वडा नम्बर ५को खेलमैदान र औद्योगिक क्षेत्रको सार्वजनिक जग्गालाई घरघडेरीको रुपमा विक्री वितरण गर्न खोजिएको, गाउँपालिकामा हालसम्म सार्वजनिक सुनुवाइ नगरिएको, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहे पनि सिमा विवाद हल गर्न चासो नदिएको आरोप लगाउँदै तालाबन्दी यथाशक्य कार्यपालिका बैठक बोलाउन माग गरिएको छ ।

पुत्ला दहन गर्न गाउँपालिका अध्यक्ष लोकराज केसीले बाध्य बनाएको श्याम रोकाकाले बताउनुभयो । ज्ञापनापत्रमा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुको उपभोक्ताले भुक्तानी नपाएको,साधरण मावि गंगदीमा गठन गरिएको विद्यालय व्यवस्थान समितिलाई गाउँपालिका आधिकारिता प्रर्दान नगरिएको, गाउँपालिकाबाट नदीजन्य पदार्थ मापदण्ड भन्दा दोब्बर उठान गर्दा पनि निगरानी नवढाई राजश्व गुमाएको, गाउँपालिकाको वडा नम्बर ५ को खेल मैदान र औद्योगिक क्षेत्रको सार्वजनिक जग्गालाई घरघडेरीको रुपमा विक्री वितरण गर्न खोजिएको, गाउँपालिकामा हालसम्म सार्वजनिक सुनुवाइ नगरिएको, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहे पनि सिमा विवाद हल गर्न चासो नदिएको आरोप लगाउँदै तालाबन्दी यथाशक्य कार्यपालिका बैठक बोलाउन माग गरिएको छ ।

गाउँपालिकामा पुन : तालाबन्दी
ज्ञापनपत्रमा उल्लेखित माग गाउँपालिकाले सम्बोधन नगरेको भन्दै गाउँपालिका अध्यक्ष केसीको पुत्ला दहन पश्चात् कार्यपालिका सदस्यले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । बिहीबार गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा एक्काईस जना कार्यपालिका सदस्यहरूले यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाको कार्यालयमा चारवटा तालाबन्दी गरेका हुन् ।

यस अघि अभिभावक र उपभोक्ताद्वारा गाउँपालिका घेराउ गर्दै धर्ना दिएका दिएका थिए । धर्ना दिदै कार्यपालिका सदस्यहरूले आफुहरूको माग तत्कालै समाधान गर्न माग राखेका थिए । कार्यपालिका सदस्यले सोमबार लगाएको ताला प्रशासनले खुलाएको छ । गाउँपालिकाको आग्रहमा ताला खोलेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्