सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित – Kanika Khabar
Sunday, October 18Nepali News Portal

सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

    मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स ९युएई० को आबूधाबीमा जारी टि १० लिगमा दुई विकेट लिनुभएको छ । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एउटै ओभरमा दुई विकेट लिन सफल भए ।

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका हुन् । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किए । कामीले दुई ओभरमा मात्र १० रन खर्चिए । कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन् ।

युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन् । खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्