काङ्ग्रेसको बिरोध प्रदर्शन : दाङमा पनि शुभेच्छुक संस्थाको संयुक्तरुपमा विरोध – Kanika Khabar
Friday, October 23Nepali News Portal

काङ्ग्रेसको बिरोध प्रदर्शन : दाङमा पनि शुभेच्छुक संस्थाको संयुक्तरुपमा विरोध

    मा प्रकाशित

सपना बोहोरा
माघ २४, दाङ/

No description available.
नेपाली कांग्रेसका शुभेच्छुक सस्थाहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटनका विरुद्धमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न पेसामा आवद्ध नेपाली कांग्रेसका शुभेच्छुक सस्थाहरुले प्रतिनिधि सभा पुनर्वहाली गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टचार, संवैधानिक सवोत्तम कायम गर, पेसागत एकता जिन्दावाद, शैक्षिक अराजकता अन्यत गर लगाएत नाराहरु लेखिएका प्लेकार्ड वोकेर विरोध प्रर्दशन गरेका थिए ।

घोराही बजार परिक्रमा गरे नेपाली कांग्रेसको पार्टी कार्यालयस्थित टे«ड युनियनको कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले नेकपा सरकारको असंवैधानिक कदमप्रति शुभेच्छुक सस्थाहरुले पनि विरोध गरेर पार्टीलाई साथ दिएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । दुई तिहाई सरकारलाई जनताले पाँच वर्ष सरकार चलाउनको लागि मत दिएकाले प्रतिनिधि सभा विघटन गर्नु पर्ने आवश्यक नभएको बताएका थिए ।

ट्रेड युनियनका अध्यक्ष तिर्थ न्यौपानेको नेतृत्वमा विरोध पर्दशन भएको थियो । विरोध सभामा नेपाली कांग्रेसका शुभेच्छुक सस्थाहरु नेपाल टे«ड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्राटिङ, नेपाल साँस्कृतिक संघर्ष एशोसियसन, प्रजातान्त्रिक प्रध्यापक, सेन्टर फर डेमोक्रेटिक ईञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, विपि प्रजातन्त्रवादी कर्मचारी संघ, लोकतान्त्रिक गैरसरकारी सस्था महासंघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल निजामति कर्मचारी संघ लगायतका सस्थाहरुको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्