म्यानमारमा भएको सैनिक कूविरुद्ध सर्वसाधारण आन्दोलनमा – Kanika Khabar
Sunday, October 25Nepali News Portal

म्यानमारमा भएको सैनिक कूविरुद्ध सर्वसाधारण आन्दोलनमा

    मा प्रकाशित

एजेन्सी ।
म्यानमारमा भएको सैनिक कू विरुद्ध सर्वसाधारण सडक प्रदर्शनमा उत्रन थालेका छन् । गएको सोमबार नेशनल लिग फर डेमोक्रेसीका नेता आङ सान सू ची सहितका नेताहरुलाई सेनाले गिरफ्तार गरेपछि रिहाइको मागगर्दै शिक्षक तथा विद्यार्थी समेत आन्दोलित भएका हुन् ।

म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनको एक विश्वविद्यालयमा भएको प्रदर्शनमा सहभागीले कपडामा रातो रिबन लगाएर सैनिक कू को विरोध गरेका थिए । रातो रङ सू चीको पार्टीको रङ भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सेनाले नेता सू ची सहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल समेत लागु गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्