कोरोना अपडेट : मुलुकभर कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या १९५९ – Kanika Khabar
Friday, October 16Nepali News Portal

कोरोना अपडेट : मुलुकभर कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या १९५९

    मा प्रकाशित

माघ २४, काठमाडौँ ।
नेपालमा हाल कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या १ हजार ९५९ रहेको छ ।
पछिल्ला दिनहरुमा कोरोनाका नयाँ सङ्क्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो ।
पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।
पछिल्लो २४ घण्टा २४८ कोरोना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यसैगरी हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या २०३५ रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्