सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि आतुर छौँ : मन्त्री तुम्बाहाङ्फे – Kanika Khabar
Thursday, October 22Nepali News Portal

सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि आतुर छौँ : मन्त्री तुम्बाहाङ्फे

    मा प्रकाशित

माघ २४, काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा भूमि सम्बन्धी समस्या समाधान आयोगका जिलला समितिका अध्यक्ष र सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरूको हातमा पूर्ज दिनका लागि आतुर रहेको बताउनुभयो ।

सरकारको आतुरतालाई व्यवहारमा उतार्न आयोगका पदाधिकारीहरूले पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । सुकुम्बासीहरूको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्न सक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

गलत मानिसको हातमा पूर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी आयोगले लिनुपर्नेमा मन्त्री तुम्बाहाङ्फेको जोड छ । आयोगका पदाधिकारीहरूले स्थानीय तहले गरेका कामको नियमन गर्नु पर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्