माघ २५, काठमाडौँ ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा जारी छ । जारी सुनुवाइमा अब सरकारी वकिलले १५ मिनेट मात्र बहस गर्न पाउने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकारी पक्षलाई बहसका लागि १५ मिनेटको समय तोकिदिनुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा गत १८ गते रिटका पक्षधरको बहस सकिएपछि रिटको विपक्षमा बहस गर्ने सरकारी वकिलहरुले १९ माघदेखि बहस थालेका थिए ।
विघटन गैरसंवैधानिक भएको दाबीसहित १३ वटा रिट दायर भएको छ । रिट निवेदकका तर्फबाट झन्डै ७० जनाले बहस गरेका थिए ।


