गोरखा ट्रेनिङ सेन्टरले चुम्यो खुला भलिबलको उपाधि – Kanika Khabar
Friday, October 16Nepali News Portal

गोरखा ट्रेनिङ सेन्टरले चुम्यो खुला भलिबलको उपाधि

    मा प्रकाशित

लक्ष्मण बस्नेत
माघ २५ तुलसीपुर दाङ ।
दाङ तुलसीपुरको बालापुरमा संचालित जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी गोरखा ट्रेनिङ सेन्टर तुलसिपुर ले चुमेको छ ।
सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजनामा तथा तुलसिपुर २ र दङ्गीशरण ५ बालापुरका युवाहरुको ब्यबस्थापन मा माबी बालापुर प्राङ्गणमा उल्लेख्य दर्शकका बिच आज आईतबार सम्पन्न रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक फाईनल खेलमा ईन्टिरियर स्मार्ट होम डेकोर तुलसिपुर लाई २५-१५,१४-२५,२१-२५,२५-२० र १५-८ अर्थात ३-२ को सेटमा पाखा लगाउदै गोरखा ट्रेनिङ सेन्टर ले उपाधी चुम्न सफल भएको हो !
उपाधी संगै उसले नगद ७५ हजार,ट्रफी, मेडल, प्रमाणपत्र हात पार्‍यो ! त्यस्तै फाईनलमा सम्मानजक पराजय ब्यहोरेको ईन्टिरियर होम डेकोर उपबिजेतामा सिमित रहदै नगद ५० हजार,ट्रफी, मेडल, प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ! त्यस्तै प्रतियोगिता फेलोसिप ट्रेनिङ सेन्टरले तृतिय स्थान हासिल गर्दै नगद ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्‍यो भने जनप्रीय बोर्डिङ स्कुल बस्लापुर ले सान्त्वना स्थान को ट्रफी हात पार्‍यो ! आयोजक सक्सेस क्लबका अध्यक्ष सुरज ओलि को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न २ का अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्य एवं नेपाली काग्रेस यातायात बिभाग केन्द्रीय सदस्य सुरेश हमालको बिशिस्ट आतिथ्य मा प्रतियोगिताको समापन समारोह भएको थियो ! प्रतियोगिता का संयोजक ढुण्डी राज न्यौपाने को स्वागत रहेको कार्यक्रममा खेलअबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर खेलाडी गोरखा ट्रेनिङ सेन्टरका कमल गहतराज,बेस्ट ब्लकर गोरखा ट्रेनिङ सेन्टर कै बिपिन क्षेत्री,बेस्ट लिब्रो फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरका हरिश बोढाथोकी,बेस्ट लिफ्टर ईन्टिरियर होम डेकोर का प्रबिण सारु मगर,र बेस्ट स्पाईकर ईन्टिरियर होम डेकोर कै सुवास चन्द घोषित भए भने उनिहरुलाई ट्रफी प्रदान गरिएको थियो ! त्यस्तै प्रतियोगिता का बिजेता, उपबिजेता,तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिम तथा खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथि, बिशिस्ट अतिथी, कार्यक्रमका अध्यक्ष, संयोजक लगाएत ले पुस्कार तथा ट्रफी प्रदान गर्नु भएको थियो ! कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो ।
स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो !
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिताको रेफ्री मा रास्ट्रीय रेफ्री हरिश ओलि, प्रदेश रेफ्री भरत कवर, भिम बहादुर डागी, राधा बुढाथोकी रहनु भएको थियो ।ढ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्