नेपालमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु, पत्रकार र कुटनीतिज्ञलाई प्राथमिकता – Kanika Khabar
Sunday, October 18Nepali News Portal

नेपालमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु, पत्रकार र कुटनीतिज्ञलाई प्राथमिकता

    मा प्रकाशित

कनिका खबर
माघ २६, दाङ ।
नेपालमा आजदेखि दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुने भएको छ ।

पहिलो चरणको खोप अभियान सकेपछि सरकारले कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान थालेको हो । दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिनेछ ।

महाराजगञ्ज शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार छन् ।

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो ।

तर, पहिलो चरणको पहिलो डोज खोप लगाउनेहरूको सहभागिता लक्ष्यअनुरूपको नभएपछि सरकारले सहभागिता बढाउन खोप केन्द्र पनि थप्दै लाने जनाएको छ ।

हाल २०१ केन्द्रबाट खोप दिइएकोमा त्यसलाई विस्तारको क्रम चलिरहेको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख एवं खोप विज्ञ डा।झलक शर्मा गौतमले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्